
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रपतिमा आफ्नो पार्टीका उमेदवारलाई रोक्न नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले गरेको कार्यक्रममा उनले सरकारलाई समर्थन गरेर कांग्रेसले विभिन्न पदका लागि ‘ढडिया थापेको’ टिप्पणी गरे । अहिले राष्ट्रपतिमा एमालेका उमेदवारलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको आरोप लगाए ।
उनले कांग्रेसकै कारण राष्ट्रपतिको निर्वाचनमा नेकपा ९माओवादी केन्द्र०ले एमालेलाई भोट हाल्छ कि हाल्दैन भन्ने आशंका पैदा भएको पनि बताए । दक्षिणपन्थी गठबन्धनलाई तोडेर वामपन्थी गठबन्धन बनाउन एमाले सफल भएको भन्दै उनले यसलाई लामो समय कायम राखेर प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने धारणा राखे । दलीय हिसाबमा वर्तमान सरकारमा एमालेले ११ मन्त्रालय पाउनुपर्ने भए पनि गठबन्धनलाई जोगाउनका लगि आफूहरू उदार भएको उनको भनाइ छ ।