१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

नेपाल टेलिकमको बिलिङ सिस्टममा ‘सेटिङ’ : बर्सेनि ३ अर्बभन्दा बढी घोटाला



काठमाडौं । नेपाल टेलिकमको बिलिङमा अर्बौंको चलखेल भइरहेको खुलेको छ । टेलिकमको सिस्टमबाट वार्षिक ३ अर्बभन्दा धेरै पैसा बिलिङमा नदेखिने गरेको पाइएको हो । अहिलेसम्म त्यत्रो रकमको खोजीका लागि कसैको ध्यान गएको पाइन्न । सामान्यतया १ देखि १.५ प्रतिशतसम्म ‘भेरिएशन’ लाई सामान्य मानिएपनि वर्षौंदेखि १० प्रतिशतसम्म ‘भेरिएशन’ आउँदा मिलेमतोमा यसलाई हटाउन टेलिकमका अधिकारीले अटेर गरिरहेको स्रोतले बतायो ।

अहिले नेपाल टेलिकमको सिस्टम नै बेला(बेला रोकिने गरेको छ । आज पनि दिनभरजसो फोन नलाग्नेलगायतमा समस्या भइरहेको हो । स्रोतका अनुसार सिस्टम रोकिएको बेला नै टेलिकमको बिलिङ सिस्टबाट पैसा हराइरहेको छ ।

सन् २०११ मा नेपाल टेलिकमले एसियन इन्फो ९एआई० लाई जिम्मा दियो । यो कम्पनीले नेपाल टेलिकमको कन्भरजेन्ट रियल टाइम बिलिङ गर्छ । चिनियाँ कम्पनी एशियन इन्फोले बिलिङ गर्दा नै १० प्रतिशत सिस्टमबाट हराउने गर्छ । टेलिकमले वार्षिक ३२ अर्ब रूपैयाँभन्दा धेरैको बिलिङ गर्ने गरेको छ । अहिलेको हिसाबले पनि टेलिकमलाई एशियन इन्फोबाट बिलिङ गर्दा ३ अर्ब २० करोडभन्दा बढी घाटा हुन्छ । यो जान्दाजान्दै टेलिकमले ५ वर्षका लागि एशियन इन्फोसँग नै सम्झौता गरेको छ ।

एशियन इन्फोले टेलिकमसँग सेटिङमा आफ्नो सिस्टम प्रयोग गरेर मात्रै बिलिङ गर्नसक्ने बनाएको छ । बिलिङमा इन्फोले आफ्नै उपकरणबाहेक अन्य प्रयोग गर्न नमिल्ने बनाएका कारण कुनै प्रतिस्पर्धाविना नै आफ्नै बोलकबोलअनुसारको पैसामा मर्मतसमेत गर्ने गरेको बताइएको छ ।

करोडौंको काममा बोलपत्र गरेर पारदर्शी प्रक्रिया अपनाउनुको सट्टा एशियन इन्फोसँग जस्केलाबाट एनुअल मेन्टिनेन्स कन्ट्रयाक्ट गरेको पाइएको हो । यो कम्पनीले अन्य कम्पनीको विभिन्न उपकरण जडान गरेर बिलिङ सिस्टमलाई एसेम्बल गरेको छ ।

विश्व बजारमा इन्फोजस्तै अन्य बिलिङ सफ्टवेयर पनि छन् । अन्यबाट बिलिङ गर्दा १।५ प्रतिशतमात्रै बिलिङ सिस्टम भन्दा बाहिर जाने नेपाल टेलिकमका प्राविधिक र अधिकारी जानकार छन् । तर, पनि अहिले बिलिङमा १० प्रतिशत ‘गायब’ भइरहेको हो । यसलाई सुधार गर्नसक्दा अहिले हराइरहेको ३ अर्ब २० करोडबाट ४० करोडमा झार्न सकिन्छ ।

अमेरिकाको आइनिम, ओराकल, नेटक्याकार, फिनल्याण्डको एरिक र इजरायलको एमट्रक नामक कम्पनीबाट बिलिङ गर्दा १।५ प्रतिशतमात्रै बिलिङ सिस्टमबाट बाहिर जान्छ । अहिलेसम्म विश्वमा भएको सबै बिलिङ प्रणालीमा १०० प्रतिशत नै बिलिङ हुँदैन । १ देखि २ प्रतिशत तलमाथि हुने जानकार बताउँछन् ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिमकलाई घाटा भएको भन्दै यशियन इन्फोसँगको सम्झौता तोड्न खोजेका थिए । उनले अहिले हराइरहेको १० प्रतिशत बिलिङलाई १।५ प्रतिशतमा झार्न खोजेका थिए । तर, त्यो काममा उनी सफल हुन सकेनन् ।

प्रबन्ध निर्देशकका रूपमा सुनिल पौडेल आएपछि अधिकारीले मर्मतको लागि २ अर्ब दिने तयारी गरेकोमा ठाउँमा ६ अर्ब दिएका छन् । बिलिङ प्रणाली मर्मत तथा अपग्रेडमा ठूलो आर्थिक चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल त्यो प्रक्रिया रोक्नसमेत भनेको थियो । तर, अख्तियारको निर्देशनविपरीत टेलिकमले गुपचुपमा बोलपत्र लिकालेर मर्मत सम्झौता गरिसकेको छ ।

यही माघ ३ गते १ घण्टा ४५ मिनेट नेपाल टेलिकमको सबै सेवा रोकिएको थियो । के कारणले सेवा रोकिएको हो भनेर छानबिन गर्न सञ्चाल तथा सूचना प्रविधि मन्त्रालयले माघ ५ गते छानबिन समिति गठन गरेको थियो । त्यो समितिले १ घण्टा ४५ मिनेट सेवा रोकिदा ५० लाखभन्दा धेरै टेलिकमलाई घाटा भएको थियो । सो समय बिलिङ प्रणालीमा समस्या आएको कारण नै सेवा अवरुद्ध भएको प्रतिवेदनले देखाउछ ।

सेवामा समस्या आउन नदिने उपाय, सेवा अवरुद्धको विश्लेषण, सेवा अवरुद्ध हुनुको जिम्मेवार पक्ष, सेवा अवरुद्ध हुन नदिन तत्काल गर्नुपर्ने कार्यलगायत कुरा प्रतिवेदनमा सुझाव दिइएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय