१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

८० लाख रुपैयाँको लागुऔषधसहित कुख्यात भारतीय कारोबारी समातिए



काठमाडौं । नेपाल भारत सीमावर्ती क्षेत्रका कुख्यात लागुऔषध कारोबारी पक्राउ परेका छन्। सीमावर्ती क्षेत्रका कुख्यात लागुऔषध कारोबारी चमकी भनेर चिनिने ३० वर्षीय चमकौर सिंहलाई भारतीय प्रहरीले समातेको हो।

उनलाई महाकाली पारि नेपाल–भारत सीमावर्ती बजार बनबासाबाट भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ। अभियुक्त सिंह मझोलाको बिडोराका स्थानीय बासिन्दा हुन। उनको साथबाट ५० लाख भारु रुपैयाँ बराबरको २६० ग्राम लागूऔषध ९स्म्याक० पनि बरामद गरिएको भारतको चम्पावत जिल्लाका प्रहरी प्रमुख देबेन्द्र पिँचाले बताए।

स्म्याक अफिमबाट तयार गरिने बहुमूल्य लागुऔषध हो।

‘चम्पावत जिल्लामा एकै व्यक्तिबाट यति ठूलो परिमाणमा लागुऔषध बरामद भएको यो पहिलो घटना हो,’ उनले अभियुक्त सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा भने, ‘अहिलेसम्म १५ मुद्दा दर्ता भएको खुलेको छ, अन्य ठाउँमा पनि मुद्दा हुनसक्छन्, यो संख्या बढ्न सक्छ।’

भारतीय प्रहरीका अनुसार नानकमता र बनबासा थानामा गरेर सिंह विरुद्ध लागुऔषध सम्बन्धी १५ मुद्दा रहेका छन्। सिंहको लागुऔषध गिरोहमा संलग्न अन्यको खोजी भइरहेको छ। सिंहले भारतको चम्पावतका तराइ क्षेत्रका साथै महाकाली वारि नेपालतर्फ पनि लागुऔषधको कारोबार गर्ने गरेको खुलेको छ।

उनी बारेमा सूचना दिनेलाई बनबासा प्रहरीले ५ हजार र उत्तराखण्ड प्रहरीले १० हजारको इनाम समेत घोषणा गरेको थियो।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय