१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

बाजुरामा केन्द्रबिन्दु भएर भूकम्प



धनगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन ।

यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परेर  एक जनाको ज्यान गएको थियो ।त्यसपछि माघ १२ गते पनि बाजुरामा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय