१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

किन रोकियो प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहा भ्रमण स्थगित भएको छ । उनी अतिकम विकसित मुलुकहरू ९एलडीसीज०को पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो । प्रचण्ड प्रधानमन्त्री भएको पहिलो विदेश भ्रमण रोकिएको हो ।

मुलुकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया सुरु भइरहेको र सो सन्दर्भमा दलहरूबीच विभिन्न छलफल गर्नुपर्नेलगायत व्यस्तताका कारण दोहा भ्रमण स्थगित भएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन फागुन १९ गते ९मार्च ३ तारिख० त्यसतर्फ प्रस्थान गर्ने र फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय