१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

बालेनको विरोधमा दरबारमार्ग क्षेत्रका सटर आज एक घण्टा बन्द हुने



काठमाडौं । दरबारमार्ग क्षेत्रको सडक किनारमा काठमाडौं महानगरपालिकाले सवारी पार्किङ निषेध गरेको विरोधमा त्यहाँका व्यापारी व्यवसायीहरुले आज एक घण्टा सटर बन्द गर्दैछन् । काठमाडौं महानगरपालिकाको निर्णयको विरोधमा आज अपराह्न साढे ४ बजेदेखि साढे ५ बजेसम्म ९एक घण्टा० सटर बन्द गर्न लागिएको हो ।

काठमाडौं महानगरपालिकाले ट्राफिक प्रहरीसँग मिलेर १९ पुसदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ । पार्किङ निषेध गरेदेखि ग्राहकको चहलपहल घटेर दरबारमार्ग सुनसान भएको र कारोबारमा पनि कमी भएको व्यवसायीहरुको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय