१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

काठमाडौंका मेयर बालेन आज लन्डन जाँदै



काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) आज लण्डन जाँदै छन् ।

फागुन ३० देखि ३ दिन लण्डनमा हुने जाने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर सहित ४ सदस्यीय टोली आज साँझ लण्डन जान लागेको हो ।

टोलीमा २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा.जगदीशप्रसाद जैसवाल रहेको बालेनको सचिवालयले जानकारी दिएको छ ।

बालेनले काठमाडौं महानगरको निमित्त प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डङ्गोललाई दिएका छ्न्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय