१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

यातायातका दुई विचौलिया घुससहित पक्राउ



चाबहिल यातायात कार्यालयबाट दुई जना विचौलिया पक्राउ परेका छन् । दश हजार घुससहित दुई विचौलिया प्रहरीको फन्दामा परेका हुन । चावहिल यातायातको लिखित परीक्षा दक्षिणढोका ट्रायल सेन्टरमा हुँदै छ ।

साना तथा ठूला यातायातको सवारी चालक परीक्षा उत्र्तीण गराइदिनेभन्दै परीक्षार्थीसँग पैसा उठाइरहेको अबस्थामा विचौलिया डेभिड गिरी र विकास तमाङ पक्राउ परेका हुन । परीक्षार्थीसँग १० हजार घुस लिएको भेटिएपछि उनीहरु पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच निर्धारित समयमा परीक्षा सुचारु नभएको भन्दै कुटिएका कर्मचारीहरुले माफी मागेपछि अहिले परीक्षा सञ्चालन प्रारम्भ भएको छ ।

बिहान दश बजेबाट शुरु हुनुपर्ने परीक्षा १२ बज्दा समेत सुचारु नभएपछि परीक्षा दिन पुगेका सेवाग्राहीहरुले आक्रोशित बनेर यातायात कार्यालय चावहिलका लेखा अधिकृत जगन्नाथ उपाध्याय र अधिकृत छैटौं कूलबहादुर बस्नेत,र होमबहादुर खड्का कुटिएका थिए । हातपात हुँदा छुट्टयाउन जाने ट्राफिक प्रहरी कार्यालयबाट खटिएका श्रेष्ठ र लुँइटेलका थरका प्रहरीले पनि पिटाइ खाएका थिए।

लिखित परीक्षाको संयोजक बस्नेतले माफी मागेसँगै अहिले आन्दोलनरत परीक्षार्थी साम्य भइ परीक्षा सुचारु भएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय