१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

युक्रेन युद्ध : रुसी लडाकु विमानले अमेरिकी ड्रोन खसाल्यो



काठमाडौं । रुसको एक लडाकु विमानसँग अमेरिकाको ड्रोन ठोक्किएर दुर्घटना भएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । युक्रेन युद्धको विषयलाई लिएर अमेरिका र रुसबीच तनाव बढिरहेको बेला भएको यो दुर्घटनापछि दुवै देशका सेना सतर्क अवस्थामा रहेको बीबीसीले जनाएको छ ।

मंगलबार रुसीको एसयू(२७ लडाकु विमान र अमेरिकाको मानवरहीत ड्रोन आकासमा उडिरहेका थिए । त्यही क्रममा अमेरिकी ड्रोन ‘ब्ल्याक सी’ (कालो सागर० मा खसेर पूर्णरुपमा क्षतिग्रस्त भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

कालो सागर रुस र अमेरिकाको सीमा क्षेत्रमा पर्दछ । रुसले युक्रेनमा आक्रमण थालेदेखि नै यो क्षेमा लामो समयदेखि तनावको स्थिति छ । अमेरिकी वायु सेनाका अधिकारी जनरल जेम्स हेकरले आफ्नो ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमा नियमित उडानमा भइरहेको बेला रुसी जेट लडाकु विमान जानीजानी अगाडि आएर ठोक्किएको बताएका छन् ।

रुसका अधिकारीहरुले भने अमेरिकी ड्रोन आफैं कालो सागरमा खसेको बताएका छन् । रुसको विमानसँग उक्त ड्रोन नठोक्किएको रुसी अधिकारीहरुको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय