१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

पीएन क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गर्न उच्च अदालतको आदेश



पोखरा । नेपालकै सबैभन्दा धेरै विद्यार्थी संख्या रहेको पृथ्वीनायारण (पीएन) क्याम्पसमा चैत ५ गते हुने तय भएको स्ववियु निर्वाचन स्थगित हुने भएको छ । उच्च अदातल पोखराले बिहीबार यसअघि गरेको अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश गरेपछि क्याम्पसमा निर्वाचन नहुने भएको हो ।

उच्च अदातलले क्याम्पसलाई चैत ८ गतेसम्म लिखित जवाफ दिन आदेश दिएको छ । अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारी र ऋषि राजभण्डारीको संयुक्त इजालाशले तत्कालका लागि निर्वाचन सम्बन्धी काम कारबाही अगाडि नबढाउनु भनि अदालतले फागुन २८ गते गरेको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

दर्ता गराएको नाम परिवर्तन भएको भन्दै ‘स्वतन्त्र विद्यार्थी समूह’ ले फागुन २६ गते क्याम्पसलाई विपक्षी बनाइ उच्च अदालत पोखरामा रिट दायर गरेको थियो । विद्यार्थी समूहको तर्फबाट विप्लवी न्यौपानेले रिट दायर गरेकी थिइन् ।

फागुन १९ गते ‘स्वतन्त्र विद्यार्थी समूह’ नाम राखी निर्वाचन समितिमा नाम दर्ता गराएकोमा निर्वाचन समितिले उक्त समूहको नाम परिवर्तन गरेर ‘पृथ्वी विद्यार्थी मञ्च’ राखेर अन्तिम नामावली प्रशासन गरेको थियो । उक्त समूहले विरोध जनाउदै उच्च अदालत पोखरामा रिट दायर गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !