१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

जीतका लागि निर्णायक भूमिका खेलेका गुलशन र आरिफलाई २/२ लाख पुरस्कार दिइने



काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा यूएईलाई पराजित गर्दै विश्वकप छनौट चरणमा स्थानमा पक्का गरेकोमा नेपाली टोलीलाई बधाई दिएका छन्।

विश्वकप क्रिकेट लिग २ मा बिहीबार यूएईमाथि ऐतिहासिक जित निकालेको नेपाली टीम, प्रशिक्षक तथा खेलाडीहरूलाई मुख्यमन्त्री यादवले बधाई दिएका हुन्। बिहीबारको खेलमा जीतका लागि निर्णायक भूमिका निर्वाह गरेका खेलाडी गुलशन झा र आरिफ शेषलाई जनही २ लाख राशी पुरस्कार स्वरुप प्रदान गर्ने मुख्यमन्त्री यादवले घोषणा समेत गरेका हुन्।

खेलाडीहरू देशकै गहना रहेकाले यिनीहरुको मनोबल उच्च बनाउनका लागि मधेस सरकारले झा र शेषलाई पुरस्कृत गर्ने घोषणा गरेको मुख्यमन्त्री यादवले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय