१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

दुर्गा प्रसाईं सन्तान भन्न पनि नसुहाउने देशद्रोही कुरा गरेर हिँडिरहेको छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकार बाहिरिएपछि देशको अर्थतन्त्र बेहाल अवस्थामा पुगेको बताएका छन् । विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामी सरकारबाट हटेको डेढ वर्षमा अर्थतन्त्र र सामाजिक अवस्था कहाँ पुग्यो हुर्नुस् त देशको बेहाल अहिले त अचम्म लाग्छ सरकारको नोटिसमा छ कि छैन ? सरकारले गराएको हो कि होइन ? एउटा, दुई हुँदै एक हुल मान्छे कुद्छ । के मान्छेलाई थपडी बजाउन पठाइन्छ । यो देश सार्वभौम सत्ता स्वतन्त्र राष्ट्र राख्नभन्दा विदेशीलाई बुझाइदियो भने साग सस्तो पाइन्छ । साइकल सस्तो पाइन्छ । कि यो देश राख्ने भन्छ। सरकार सुन्छ कि सुन्दैन ।’

उनले व्यवसायी दुर्गा प्रसाईंको अभियानलाई लक्षित गर्दै देशद्रोहीको संज्ञा दिए । ‘यो देशको सन्तान भन्न पनि नसुहाउने देशद्रोही कुरा गरेर मान्छे हिँडिरहेको छ । सरकारले लगाएको कि लगाउन लगाएको ? सरकार सुन्छ कि सुन्दैन । यही अभियानको जनताले प्रतिवाद गर्न नपरोस् । शान्ति सुव्यवस्था काम राख्न सरकारले ध्यान देओस् । होइन भने राष्ट्रियताको विरुद्ध जनताले प्रतिवाद गर्छ’ चेतावनी दिँदै भने ।


प्रतिक्रिया दिनुहोस !