८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

होलीको दिन घाइते भएका सिपाहीको ११ दिनपछि मृत्यु



काठमाडौं । नेपाली सेनाका एक जना सिपाहीको घाइते भएको डेढ सातापछि निधन भएको छ । फागुन २३ गते होली खेल्ने क्रममा बाँकेको कोहलपुरमा भएको झडपमा गम्भीर घाइते अमरबहादुर खड्काको आज दिउँसो निधन भएको बताइएको छ ।

उनी फागुन २३ गते बाँकेको कोहलपुरस्थित गोलपार्क इलाकामा नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्सीद्वारा आयोजना गरिएको होली विशेष कार्यक्रमको मेला हेर्न गएका थिए । सोही क्रममा स्थानीय युवासंँग भनाभन पछिको झडपमा देवीदल गणका सिपाही खड्का गम्भिर घाईते भएका थिए । त्यसपछि उपचारार्थ कोहलपुर मेडिकल कलेज लगिएको बताइन्छ ।

थप उपचारको निम्ति उनलाई भारतको लखनउ लगिएको र त्यहाँ पनि उपचार हुन नसकेपछि पुनः आज नेपालगञ्ज मेडिकल कलेज, नेपालगञ्जमा ल्याएर आईसीयूमा भर्ना गरिएको बताइएको छ । भेन्टिलेटरमा राखेर उपचार भईरहेकोमा आज दिउँसो ३ बजेको समयमा उनको ज्यान गएको अस्पतालले घोषणा गरेको हो ।


प्रतिक्रिया दिनुहोस !