७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

राष्ट्रपति पौडेलसङ्ग भारतीय राष्ट्रपतिद्वारा २०७२ सालको महाभूकम्पको चर्चा



काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय समकक्षी द्रौपदी मुर्मुबीच टेलिफोन वार्ता भएको छ । उहाँहरुबीच हिजो टेलिफोन सम्वाद भएको हो । भारतीय राष्ट्रपति मुर्मुले दक्षिण भारतमा अवस्थित आफ्नो गृहराज्य केरलाबाट फोन गर्नुभएको बताइएको छ ।

भारतीय राष्ट्रपतिको सचिवालयलाई उद्धृत गर्दै इण्डिया न्युज नेटवर्कले लेखेको छ, ‘टेलिफोन वार्तामा उहाँहरुबीच दुई मुलुकबीचको सम्बन्ध प्रगाढ बनाउनेबारे छलफल भएको थियो ।’ 

त्यसअवसरमा उहाँहरुबीच दुई मुलुकबीच कायम रहेको खुल्ला सीमा र जनस्तरमा कायम रहेको घनिष्ठ सम्बन्धबारे पनि चर्चा भएको स्रोतको दाबी छ । नेपालको विकासमा भारतीय सहयोगको चर्चा गर्दै राष्ट्रपति मुर्मुले आठ वर्षअघि नेपालमा गएको महाविनाशकारी भूकम्पपछिको पुनर्निर्माणमा छिमेकीको नाताले भारतले सहयोग गरेको सन्दर्भ पनि कोट्याउनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !