१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

बिना राजसी छाटकाट कुमारी घर पुगे राष्ट्रपति पौडेल



राष्ट्रपति रामचन्द्र पौडेल शनिबार बसन्तपुरस्थित कुमारीको दर्शन पछि बाहिरिनुहुँदै । तस्बिरः किरणराज विष्ट / रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कारकेडबिना नै काठमाडौंको वसन्तपुरस्थित कुमारी घरमा पुगेका छन् ।
राष्ट्रपति पौडेलले शनिबार अपराह्न पहिलोपटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका हुन् । कारगेटबिना नै उनले त्यहाँ पुगेर कुमारीको दर्शन गरे ।

त्यसक्रममा सर्वसाधारणको सवारीलाई सुरक्षाकर्मीहरुले रोक्ने काम गरेका थिएनन् । राष्ट्रपतिको कारकेडसहितको सुरक्षाका कारण सडकमा सर्वसाधारणले सास्ती व्यहोर्नु परिरहेका बेला नवनिर्वाचित राष्ट्रपति पौडेल कारकेडबिना नै सवार भए ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा सडक जाम भएपछि उनको आलोचना गरिएको थियो । उनी गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस !