४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

नेपाल कमर्स क्याम्पसको स्ववियु निर्वाचन स्थगित



काठमाडौं । नेपाल कमर्स क्याम्पस मीनभवनको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित गरिएको छ । क्याम्पस प्रमुख र स्ववियु निर्वाचन समितिका सदस्य सचिवले आज साँझ विज्ञप्तिमार्फत क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको जानकारी दिएका हुन् ।

उनीहरुले विशेष परिस्थिति सिर्जना भएकाले निर्वाचन स्थगित गरिएको बताए । सो क्याम्पसमा केही विद्यार्थी संगठनले नाराबाजी र तालाबन्दी समेत गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !