१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

नर्सिङको लाइसेन्स परीक्षामा २६ प्रतिशत मात्रै पास



काठमाडौं । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ । परिषद्ले प्रवीणता प्रमाणपत्र तह ९पीसीएल० र बिएस्ससी नर्सिङतर्फको लाइसेन्स परीक्षा लिएको थियो । जसमा न्युन संख्यामा नर्सहरू पास भएका छन् ।
पीसीएल नर्सिङ तर्फको नामदर्ता लाइसेन्स परीक्षामा ८३४ जना नर्स सहभगी थिए । जसमध्ये २६।१ प्रतिशत मात्रै पास भएका छन् ।

परिषद्का निमित्त रजिष्ट्रार सकुन्तला श्रेष्ठका अनुसार बीएस्सी नर्सिङतर्फ ३७७ जनामा ४१.९ प्रतिशत मात्रै पास भएका छन् । ‘नयाँ ब्याज नआएको र पहिलादेखि फेल भएका धेरै विद्यार्थी यसपटक पनि सहभागी भएकाले नतिजा कमजोर देखिएको हो,’ श्रेष्ठले भनिन् ।

अनुत्तीर्ण भएका परीक्षार्थीहरूले पुनर्योगका लागि ३५ दिनभित्र आवेदन दिन तथा आगामी परीक्षामा सहभागी हुन पाउनेछन् । चैत ८ गतेदेखि १३ गतेसम्म दर्ता प्रमाणपत्र उपलब्ध गराउने परिषद्ले जनाएको छ ।
यो पीसीएल तर्फ ३२औँ लाइसेन्स परीक्षा हो ।


प्रतिक्रिया दिनुहोस !