१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

भारतीय राजदूत साँझ परेपछि शीतल निवासमा



काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । राजदूत श्रीवास्तव राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न केही बेरअघि राष्ट्रपति भवन शीतल निवास पुगेको बताइएको छ ।

उहाँहरुबीच साँझ ६ बजेदेखि भेटवार्ता भइरहेको छ । राष्ट्रपति पौडेलले गत सोमबार पद तथा गोपनीयताको शपथ र पदभार ग्रहण गरेपछि आज भारतीय राजदूतसँग गरेको कुराकानी विदेशी कूटनीतिज्ञसँगको पहिलो भेटवार्ता हो । अस्ति शुक्रबार अपरान्ह भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति पौडेलसँग टेलिफोन वार्ता गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !