७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

अस्ट्रेलिया भ्रमणपछि एलिनाको लभ पर्‍यो, फ्यानहरुको बधाईको ओइरो



काठमाडौं । गायक तथा गीतकार विष्णु सापकोटासँग प्रेम सम्बन्धमा रहेको चर्चा चलिरहेका बेला गायिका एलिना चौहानले त्यसलाई पुष्टि गर्ने जोडी तस्बिर सार्वजनिक गरेकी छन्।

अस्ट्रेलियामा बस्ने गायक विष्णुसँगको तस्बिर इन्स्टाग्राममा सार्वजनिक गर्दै एलिनाले लेखेकी छन्, ‘तिम्रो सम्झनाले मलाई जागै राख्छ। तिम्रो सपनाले मलाई निदाउन दिँदैन। तिम्रो साथले मलाई जीवित राख्छ।’ उनको उक्त पोस्टमा फ्यानले बधाई दिइरहेका छन्।

एलिनाले हालै अस्ट्रेलिया भ्रमण गरेकी थिइन्। त्यहाँबाट एलिना र विष्णुले लगातार टिकटकमा भिडिओ पोस्ट गरेपछि उनीहरूबीच अफेयर चलेको अनुमान गरिएको थियो। एलिनाले हालै अस्ट्रेलिया भ्रमण गरेकी थिइन्। त्यहाँबाट एलिना र विष्णुले लगातार टिकटकमा भिडिओ पोस्ट गरेपछि उनीहरूबीच अफेयर चलेको अनुमान गरिएको थियो। तर उनीहरू दुवैले यस विषयमा कुनै प्रतिक्रिया दिएका थिएनन्। तर अहिले एलिनाले इन्स्टाग्राममा गरेको पोस्टले उनीहरू प्रेममै रहेको कुरा पुष्टि गर्छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय