१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

अस्ट्रेलियाले भारतको रामधुलाई गर्यो, चार ब्याटर शून्य रनमै आउट



एजेन्सी । अस्ट्रेलियाले आइतबार भारतलाई सजिलै १० विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको भारत १ सय १७ रनमा अलआउट भएपछि पाहुना टिमको एकपक्षीय जित सम्भव भएको हो ।

भारतका लागि विराट कोहलीले बनाएको ३१ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । यस्तै अक्षर पटेलले पनि २९ रन बनाए । भारतका चार ब्याटर शून्यमै आउट भएका थिए । अस्ट्रेलियाका लागि माइकल स्टार्कले ५३ रनमा पाँच विकेट लिए ।

उनी नै ‘प्लेयर अफ द म्याच’ भए । जवाफमा अस्ट्रेलियाले ११ ओभर मात्र उपयोग गरेर बिना कुनै विकेटको क्षति १ सय २१ रन बनायो । त्यसमा ट्रेभिस हेडले ५१ र मिचेल मार्सले ६६ रन बनाए ।


प्रतिक्रिया दिनुहोस !