१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

अमेरिकाविरुद्द फायर खोल्न किमलाई चर्को दबाब, ८ लाखले पठाए हस्ताक्षर



एजेन्सी । संसारबाट अलगथलग परेको उत्तरपूर्वी एसियाली देश उत्तर कोरियाका जनताले आफ्ना सर्वोच्च नेता किम जोङ उनलाई अमेरिकाविरुद्ध फायर खोल्न आग्रह गरेका छन् । लामो समयदेखि अमेरिकालाई आफ्नो दुश्मन राष्ट्र घोषणा गरेको कोरियालीहरुले आफ्नो सर्वोच्च नेता किमलाई युद्ध घोषणा गर्न आग्रह गरेको अमेरिकी समाचार सस्था सीएनएनले जनाएको छ ।

अमेरिका, चीन र रुसको बीचमा कुटनीतिक सम्बन्ध बिग्रेको बेला अमेरिकाले जापानसंग सैन्य अभ्यासको तयारी थालेपछि त्यसको विरोधमा आठ लाख कोरियालीले हस्ताक्षर पठाएको कोरियाली समाचारलाई उदृत गर्दै सीएनएनले समाचार लेखेको छ । दुई दिन अघि मात्रै उत्तर कोरियाले जापानको समुद्रमा ब्यालेस्टिक मिसाइल हानेको थियो ।


प्रतिक्रिया दिनुहोस !