१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

निम्तो छैन तर विश्वासको मत पाए अब भारत जान्छु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट दोस्रो पटक विश्वासको मत पाएकाले अब वैशाख पहिलो सातासम्म भारत भ्रमणमा जाने बताएका छन्। गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्डलाई भारतले अहिलेसम्म भ्रमणको निम्तो पठाएको छैन। उता उत्तरी छिमेकी चीनले भने उनलाई निम्तो पठाइसकेको छ।

प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारबाटै गर्ने परम्परालाई प्रधानमन्त्रीले निरन्तरता दिन लागेका हुन्।
यसअघि उनी एउटा सम्मेलनका क्रममा कतार जाने तयारी थियो। तर राष्ट्रपति निर्वाचनलाई देखाउँदै उनले अन्तिम समयमा कतार जाने योजना रद्द गरेका थिए।

प्रधानमन्त्री भएको तीन महिना बितिसक्दा पनि भारतबाट निम्तो नआएको अवस्थामा अब भने भ्रमण हुने विश्वास उनले लिएका हुन्।

सोमबार अपरान्ह संसदबाट नेपाली कांग्रेसको समेत साथ पाएपछि अब चैत अन्तिम या वैशाख पहिलो सातासम्म आफू भारत जाने प्रचण्डले बताएका हुन्। प्रधानमन्त्री दाहालले दोहोर्‍याउँदै आफ्नो भारत भ्रमण चैत्र अन्तिम वा वैशाख पहिलो हप्ता भित्र हुन सक्ने बताएका हुन्।


प्रतिक्रिया दिनुहोस !