११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

पुटिनले सीलाई भने-रुस र चीनको सहकार्यले बहुध्रुवीय विश्वको ढोका खोल्छ



एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस भ्रमणमा पुगेका चीनका राष्ट्रपति सी जिनपिङलाई दुई देशको सहकार्यले बहुध्रुवीय विश्वको लागि बल पुगेको बताएका छन् । रुसी र चीनिया राष्ट्रपतिहरु बीचमा भएको चार घण्टा लामो छलफलमा पुटिनले त्यस्तो बताएको रुसी समाचार सस्था TASS ले जनाएको छ ।

युक्रेन युद्धको एक वर्ष भएको समयपछि चिनियाँ राष्ट्रपति सीको रुस भ्रमणलाई विश्वभर निक्कै चासोका साथ हेरिएको छ । केही पश्चिमा राजनीति विष्लेशकहरुले युक्रेनमाथिको रुसी आक्रमण रोक्न चीनले भूमिका खेल्नु पर्ने बताइरहेका बेला चिनियाँ राष्ट्रपतिको रुस भ्रमण निकै महत्त्वपूर्ण हुने ठानिएको छ । उता रुस र चीनले भने अमेरिकी आर्थिक नाकाबन्दीलाई कमजोर पार्न दुई देशले आर्थिक विषयमा महत्त्वपूर्ण सम्झौता गर्ने बताउदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !