१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

रविको मुद्दा प्रहरी र वकिल कार्यालयले दर्ता नगरेपछि सर्वोच्च जाने तयारी



काठमाडौं । प्रहरी र वकिल कार्यालयले दर्ता गर्न अस्वीकार गरेको रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा पनि सर्वोच्च अदालत पुग्ने भएको छ। यसअघि नागरिकता सम्बन्धी रिट दायर गरेका सिन्धुलीका युवराज सफलले नै राहदानी दुरुपयोग लगायतको कसुरमा सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेका हुन्।

सोमबार मात्रै महान्यायाधिवक्ता डा। दिनमणि पोखरेलले रवि लामिछानेविरुद्ध राहदानी सम्बन्धी कसुरमा मुद्दा नचलाउने निर्णय गरेका थिए। त्यसअघि प्रहरीले अनुसन्धानका क्रममा मुद्दा चलाउनु पर्ने नदेखिएको ठहरसहित जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। प्रहरी प्रतिवेदनकै आधारमा तीन तहका वकिल कार्यालयले पनि निर्णय गर्दै रविलाई क्लिन चिट दिएका हुन्।

उनले उन्मुक्ति दिने कार्यमा संलग्न काठमाडौं प्रहरी, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, उच्च सरकारी वकिल कार्यालय पाटन र महान्यायाधिवक्ता कार्यालय समेतका संलग्न अधिकारीहरुलाई समेत विपक्षी बनाउने भएका छन्। उनीहरुले अख्तियारीको दुरुपयोग गरेको र कसुरदारलाई उन्मुक्ति दिन मतियार बनेको युवराजले प्रतिक्रिया दिए।


प्रतिक्रिया दिनुहोस !