६ चैत्र २०८०, मंगलवार
 |   Tue Mar 19 2024
Logo

चीनले भ्रमणको निम्तो पठायो भारतले पठाएन, तर भारत नै किन रोज्दैछन् प्रचण्ड ?



काठमाडौं । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट दोस्रो पटक विश्वासको मत लिए । उनले घोषणा गरे अब म वैशाख पहिलो सातासम्म भारत भ्रमणमा जान्छु। तर परराष्ट्र स्रोतअनुसार अहिलेसम्म छिमेकी भारतले औपचारिक रुपमा भारत भ्रमणको निम्तो पठाएको छैन ।

लामो समयदेखि प्रचण्डसंग चिडिएको भारले गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्डलाई भारतले अहिलेसम्म भ्रमणको निम्तो नपठाएको भएपनी आफ्नो पहिलो प्रधानमन्त्री कार्यकालको चीन भ्रमणपछि कटुवाल प्रकरणबाट ओरालो यात्रा शुरु भएको प्रचण्डले बारम्बार सुनाउने गर्छन् । मेरो पहिलो विदेश भ्रमणको रूपमा चीन भ्रमण र कटुवाल प्रकरणमा गम्भीर कमजोरी भयो प्रचण्डले पटकपटक आफ्नो भाषणमा भन्ने गरेका छन् । प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट शुरु गरे आफ्नो कार्यकालमा सरकार संचालनमा सहजता हुने ठानेको केही जानकारहरु बताउँछन् । नेपाली प्रधानमन्त्रीले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट शुरु गर्ने परम्परागत छ ।

उता उत्तरी छिमेकी चीनले भने उनलाई निम्तो पठाइसकेको छ। प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारबाटै गर्ने परम्परालाई प्रधानमन्त्रीले निरन्तरता दिन खोजे पनि भारत भने साकारात्मक नरहेको जानकारहरु बताउँछन् । प्रदेश तथा संघको निर्वाचन अघि पनि भारत भ्रमण गएका प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्न अस्वीकार गरेका थिए ।


भारत प्रचण्ड संग किन चिडिएको हो भन्ने केही खुल्न सकेको छैन । त्यही कुरा बुझेरै प्रधानमन्त्री प्रचण्ड एउटा सम्मेलनका क्रममा कतार जाने तयारी थियो। तर राष्ट्रपति निर्वाचनलाई देखाउँदै उनले अन्तिम समयमा कतार जाने योजना रद्द गरेका थिए। प्रधानमन्त्री भएको तीन महिना बितिसक्दा पनि भारतबाट निम्तो नआएको अवस्थामा अब भने भ्रमण हुने विश्वास उनले लिएका छन् ।

सोमबार अपरान्ह संसदबाट नेपाली कांग्रेसको समेत साथ पाएपछि अब चैत अन्तिम या वैशाख पहिलो सातासम्म आफू भारत जाने प्रचण्डले बताएका थिए । प्रधानमन्त्री दाहालले दोहोर्‍याउँदै आफ्नो भारत भ्रमण चैत्र अन्तिम वा वैशाख पहिलो हप्ता भित्र हुन सक्ने बताएका हुन्।


प्रतिक्रिया दिनुहोस !