६ चैत्र २०८०, मंगलवार
 |   Tue Mar 19 2024
Logo

उपनिर्वाचनको निम्ति दल दर्ता गर्न छ दिनको समय



काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनको निम्ति दल दर्ता आह्वान गरेको छ । प्रतिनिधि सभा सदस्य पदका लागि हुने उपनिर्वाचन प्रयोजनको निम्ति आयोगले आज दल दर्ताको आह्वान गरेको छ । दल दर्ताको निम्ति आजदेखि आगामी १२ गतेसम्म म्याद तोकिएको छ ।

आगामी वैशाख १० गते चितवन २, तनहुँ १ र बारा २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुने भएको छ । चितवनमा रवि लामिछाने दोहोरो नागरिकता काण्डमा मुछिएपछि, तनहुँ १ मा रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा २ मा रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको हो ।


प्रतिक्रिया दिनुहोस !