१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा



काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने पाँच लाख ६१ हजार ३७५ सवारीसाधन कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो ।

कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार ४७२ सवारीसाधन कारबाहीमा परेका छन् । यस्तै, बढी भाडा लिने दुई हजार १९०, सवारीचालक अनुमतिपत्र प्राप्त नगरेका ३६ हजार ३४०, हदभन्दा बढी मानिस वा सामान बोक्ने १३ हजार ५०९, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ३७ हजार ८९६ सवारी कारबाहीमा परेका छन् ।

यसैगरी क्षमताभन्दा बढी यात्रु बोक्ने दुई हजार ४५, रेड लाइटमा सवारी चलाउने १६ हजार ९६८, सवारी मोड्न निषेध गरेको ठाउँमा सवारी मोड्ने १५ हजार २५९, लेन अनुशासन उल्लंघन गर्ने १९ हजार ८१७, वानवेमा सवारी चलाउने २१ हजार १२३, अवस्था ठीक नभएका सवारी चलाउने २८ हजार ८९९, सवारी चलाउन निषेध गरिएको ठाउँ र समयमा सवारी चलाउने १६ हजार २४७ सवारीलाई कारबाही गरेको हो ।

पेटी र हेल्मेट नबाँधी सवारीसाधन चलाउने २१ हजार ९८१, लापरबाही साथ सवारी चलाउने ७२ हजार १४४, कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ४४ हजार ३८, सवारी वजन हद निर्धारण गरेको क्षेत्रमा बढी वजनको सवारी चलाउने २० हजार ६६५, जथाभावी हर्न बजाउने १२ हजार ६२२, सार्वजनिक स्थानमा बाधा पुग्ने गरी सवारी राख्ने ३७ हजार २६५ र ओभर स्पिडमा सवारी चलाउने २५ हजार ७८२ सवारीसाधन कारबाहीमा परेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय