१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

अश्लील भिडियो सार्वजनिक भएपछि विश्वविद्यालयका डीनले दिए राजीनामा



काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका डीन जयप्रकाश दत्तले पदबाट राजीनामा दिएका छन् । दत्तले इमेलमार्फत राजीनामा बुझाएका हुन् । भर्चुअल बैठक चलिरहेका बेला डिन दत्तले महिला कर्मचारीमाथि अश्लील व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियो सार्वजनिक भएपछि विश्वविद्यालयले उनलाई निलम्बन गरेको थियो । विश्वविद्यालयले प्राडा श्रवण कुमार साहको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिए पनि प्रतिवेदन आउनु अगावै दत्तले राजीनामा दिएका छन्।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक पुण्य प्रसाद रेग्मीले दत्तले राजीनामा दिएको पुष्टि गरे। उनले भने,‘दत्तजीले राजीनामा दिनुभएको छ। छानबिन समितिको प्रतिवेदनपछि उहाँलाई के कारबाही गर्ने भन्ने विषयमा टुंगोमा पुग्छौं।’ यौन दुर्व्यवहार गरेको पुष्टि भएमा दत्तमाथि फौजदारी अभियोग चल्न सक्छ। उपकुलपति रेग्मीले कार्यकारी ९प्रधानमन्त्री०मार्फत दत्तमाथि कारबाहीको टुंगो लाग्ने रातोपाटीलाई बताए।
दत्तले पदबाट राजीनामा दिएर कारबाहीबाट जोगिन खोजेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !