११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

क्रिकेटर ललित राजवंशी र दिपेश कँडेल सम्मानित



विराटनगर। राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मानित भएका छन् । नेपाल खेलकुद महासंघ मोरङले सिनियर टोलीका खेलाडी राजवंशी र यु-१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले सम्मानपत्र प्रदान गरे ।

दुवै खेलाडी विराटनगरका हुन् । दीपेशले युएईको यु-१९ टोलीविरुद्ध ह्याट्रिक विकेट लिएर नेपाललाई यु-१९ विश्वकपमा छनोट गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !