१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

सीमाको रक्षाका लागि छाङरुमा खटिएका सशस्त्रको हरिबिजोग : उज्यालो र न्यानोको साहरा दाउरा



दार्चुला । भारतले हडपेको नेपाली भूमि लिपुलेक, लिम्पिया धुरा र कालापानीको रक्षा गर्न खटिएका सशस्त्र प्रहरी दुई वर्षदेखि अध्यारोमा बसिरहेका छन् । दार्चुलाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका १ स्थित भारतीय सीमा जोडिएको छाङरु (गागा) मा सीमा रक्षा गर्न स्थापना गरिएको सशस्त्र प्रहरी बिजुली नहुँदा अध्यारोमा बस्न बाध्य भएका हुन् । त्यती मात्र होईन, हिउँद महिनाभरी बिजुली नहुँदा न्यानोका लागि सशस्त्र प्रहरीले दाउराको साहारा लिने गरेको छ । उता भारतले भने आफ्ना सुरक्षाकर्मीहरुको लागि न्यानोका लागि राम्रो व्यस्था गरेको छ तर नेपाल सरकारले भने सीमाको रक्षा गर्न आफ्नो प्राणको आहुति दिन तयार सिपाहीहरुलाई विद्युत्, इन्टरनेट र टेलिफोनको सुविधा पनि दिन सकेको छैन ।

आफ्नो बन्दोबस्ती र गाँस, बास, कपासको जोहो गर्ने काम पूर्ण नहुँदै सशस्त्रले सीमा गस्तीलाई उच्च प्राथमिकता दिएर गस्ती नियमित गरेको थियो । तर राज्यले सुरक्षाकर्मीहरुका लागि भवन निर्माण थाल्नु बाहेक अरु न्यानोका लागि कुनै पनि व्यवस्था नगर्दा राज्यको सुरक्षार्थ खटिएका सशस्त्रका जवानहरुको बिजोग छ । छाङरुमा स्थानीयहरु ६ महिना मात्र बस्ने गर्दछन् । जाडो छल्न उनीहरु सदरमुकाम खलंगा झर्ने गर्दछन् । स्थानीयहरुले आफ्नो लागि बनाएको हाईड्रोपावरको नहर भत्काएर सदरमुकाम खलंगा झरेपछि सीमाको रक्षा गर्न खटिएको शसस्त्र प्रहरी विद्युत् बिनै अध्यारो तथा जाडोमा बस्न बाध्य भएको छ । सशस्त्र प्रहरीले छाङरु, कौवा, तिङ्कर, बुदी, नितिकुण्डालगायतको क्षेत्रमा सुरक्षा दिँदै आएको छ । २०७७ सालमा नेपाल सरकारले जिल्ला सदरमुकाम खलङ्गास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मबाट सीमा सुरक्षाका लागि सशस्त्रको टोली पठाएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय