१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

५ सय बढी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता, गिरोहका नाइकेसहित पाँचजना पक्राउ



काठमाडै । ५ सयजना भन्दा बढी तिब्बतीयनलाई नेपाली नागरिकता दिलाउने कार्यमा सक्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौंको बबरमहल क्षेत्रमा महानगरीय अपराध अनुसन्धान महाशाखाले तिब्बतीयनलाई नेपाली नागरिकता दिलाउने गिरोका नाइके कृष्णबहादुर कटुवालसहित पाँचजनालाई पक्राउ गरेको हो। उनीहरुलाई महाशाखाले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

ुनिश्चित रकमको चलखेल गरी सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखत समेत कीर्ते गरी झुटा लिखत तथा नक्कली सिफारिस गरि गैरनेपाली व्यक्तिहरुको सक्कलै नेपाली नागरिकता समेत बनाइदिने गरेको भन्दै उजुरी परेपछि छानबिन थालेका थियौँु, महाशाखाले भनेको छ, ुसोमबार बबरमहलबाट कृष्णबहादुर कटुवालसहित पाँचजनालाई पक्राउ गरिएको छ।ुप्रहरीले उनीहरुको साथबाट विभिन्न व्यक्तिहरुको नक्कली नागरिकता, शैक्षिक संस्थाको प्रमाणपत्रहरु, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता बसाइँसराइ, विवाह दर्ता, सम्बन्धविच्छेद जस्ता वडा कार्याहरुको सिफारिस पनि बरामद गरेको छ।

यो गिरोहले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ सय बढी तिब्बतीयनलाई नागरिकता दिलाउन सफल भएको पनि खुलासा प्रहरीको अनुसन्धानबाट भएको छ।पक्राउ परेका कटुवाल क्यान्टिन सञ्चालक हुन्। उनीहरु समातिएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयका काडमाडौंका कर्मचारीमाथि निगरानी थालेको छ।

पक्राउ परेका कटुवाल क्यान्टिन सञ्चालक हुन्। उनीहरु समातिएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयका काडमाडौंका कर्मचारीमाथि निगरानी थालेको छ। पक्राउ परेकभा कटुवाल यसअघि पनि कीर्ते र ठगीमा सजाय पाएर छुटेका व्यक्ति रहेको खुलेको छ। उनले ५र६ वर्षको अवधिमा ५ सयभन्दा धेरै व्यक्तिलाई नागरिकता दिलाइसकेको कुरा प्रहरीले पत्ता लगाएको छ। यो घटनामा अन्य ५ व्यक्तिको पनि संलग्नता पाइएपछि उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

यो प्रकरणमा गैरनेपालीलाई नेपाली तिब्बतीय शरणार्थीलाई सक्कली नागरिकता दिलाउने कार्यक्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारीको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ। प्रहरीले यसरी नागरिकता उपलब्ध गराएको आशंकमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कार्यरत पूर्व तथा बहालवाल कर्मचारीहरुमाथि पनि अनुसन्धान थालिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !