८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

उपमहानगरपालिका वडा ११ का वडाअध्यक्ष र सचिव घुस रकमसहित पक्राउ



काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका वडा ११ का वडाअध्यक्ष र सचिव घुस रकमसहित पक्राउ गरिएको छ। वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव रायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घूसको रकमसहित एक होटलबाट पक्राउ गरेको हो। वडाध्यक्ष चौधरी र वडासचिव रायलाई जानकी मन्दिर नजिकै रहेको रोहन होटेलबाट ५० हजार रुपैयाँ घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो। सेवाग्राहीसँग जग्गा दर्ता कायम गर्न सरजमिनका लागि ५० हजार रुपैयाँ घुस माग्दै आइरहेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटेको टोलीले दुवै जनालाई सो होटेलबाट पक्राउ गरेको हो।


प्रतिक्रिया दिनुहोस !