१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

सुनको मूल्य तोलामा १२ सय बढ्यो



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार २०० रुपैयाँ बढेको हो । यस दिन छापावाल सुन तोलामा एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन बुधबार तोलामा एक लाख सात हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदी तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय