४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

अन्तर्राष्ट्रिय अदालतलाई हाइपरसोनिक मिसाइलले उडाईने दिने पुटिनको धम्की, तनावमा आईसीसी



काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि क्रेमलिनले दिएको धम्कीलाई लिएर अन्तर्राष्ट्रि फौजदारी अदालत (आईसीसी) ले चिन्ता व्यक्त गरेको छ ।

पूर्व रुसी राष्ट्रपति दिमित्रि मेदभेदेवले नेदरल्यान्ड्सको हेगस्थित फौजदारी अदालतमा हाइपरसोनिक मिसाइल हान्ने धम्की दिएपछि बुधबार आईसीसीले वक्तव्य जारी गरेको हो ।

गत हप्ताको शुक्रबार आईसीसीले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि गत सोमबार रुसी सुरक्षा परिषद्का उपाध्यक्षसमेत रहेका मेदभेदेवले भनेका थिए, “हेगको अदालतमा रुसी जहाजबाट उत्तरी सागर हुँदै हाइपरसोनिक मिसाइल प्रहार गरिएको कल्पना गर्न सम्भव छ ।”

रुसी अनुसन्धान निकायले आईसीसीका अभियोजक करिम खान र पुटिनविरुद्ध वारन्ट जारी गर्ने न्यायाधीसहरूविरुद्ध अपराधिक मुद्दा लगाएपछि आईसीसीले बुधबार वक्तव्य जारी गरेको हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय