४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

चोभार बन्दरगाहमा ड्राफ्ट, टीटी लगायतबाट पनि आयात गर्न सकिने



काठमाडौं । चोभार सुख्खा बन्दरगाह सञ्चालन सहजीकरण गर्न नेपाल राष्ट्र बैंकले नीतिगत सहजीकरण गरेको छ । बुधबार एकीकृत परिपत्र जारी गर्दै केन्द्रीय बैंकले चोभार बन्दरगाहबाट गरिने आयात एलसी बाहेकका माध्यमबाट पनि हुने व्यवस्था गरेको हो ।

अब बन्दरगाह भएर वस्तु आयात गर्दा ड्राफ्ट/टीटी, एसबीएलसी, डीएपी र डीएए जस्ता भुक्तानीका माध्यमबाट गरिने कारोबारले पनि मान्यता पाउने छ ।

राष्ट्र बैंकको यस्तो सहजीकरणले बन्दरगाह सञ्चालनका लागि थप सहजता मिल्ने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।‘हामीले धेरै पहिलेदेखि यो कुरा उठाएका थियौं । अहिले आएर सम्बोधन भयो राम्रै भयो,’ गजुरेलले भने, ‘अब बन्दरगाहप्रति व्यवसायीहरुको चासो बढ्ने अपेक्षा गरेका छौं ।’

यसअघि चोभारमा एलसी (प्रतितपत्र) बाट मात्रै वस्तु आयात गर्न पाइन्थ्यो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय