७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

एमसीसी परियोजनाले मकवानपुरमा जग्गा अधिग्रहण गर्दै



काठमाडौं । बहुचर्चित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनका लागि स्थापित मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समितिले जग्गा प्राप्तिका लागि सूचना जारी गरेको छ। डबल सर्किट ४०० केभी क्षमताको प्रसारण आयोजनाअन्तर्गत मकवानपुर जिल्लाभित्र पर्ने विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि जग्गा प्राप्ति गर्ने सूचना जारी गरिएको हो।

मकवानपुरका हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, कैलाश र राक्सिराङ गाउँपलिकामा स्थायी रुपमा जग्गा प्राप्ति गर्ने सूचनामा उल्लेख गरिएको छ। एमसीएले उक्त क्षेत्रमा पर्ने जग्गाको नापजाँच गर्ने, सर्वोक्षण गर्ने, साँध छुट्याउने, किला गाड्न प्राविधिक टोलीसहित सम्बिन्धित वडामा जाने जनाएको छ। यही चैत २ गते बसेको मुआब्जा निर्धारण समितिको पहिलो बैठकले जग्गा प्राप्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

थाहा नगरका धाक्रे, मोरिया र आग्राबाट पूर्व नापजाँच गर्ने छ। कैलाश गाउँपालिकाका ४,५ र ६ वडामा टोली खटिने एमसीए नेपालले जनाएको छ। वडा ४ का जिम्माडाँडा, गोगनपानी, थाक्लेडेबनाबाट पश्चिम, होटपुर, बाँझक्री, टोकुवाबाट पश्चिम, प्याखे भण्डाराबाट पूर्व, ज्यान्द्रिुङबाट पश्चिममा जग्गा अधिग्रहण गर्ने तयारी छ। वडा नम्बर ३ को घर्तीगाउँ, देवीडाँडा, चन्थाबाईबाट पश्चिम, गोदामे र कटुञ्जेबाट पूर्व छ। वडा ५ मा पोखरीबाट पूर्व र तारुकेबाट पश्चिम, चौकिटारबाट पश्चिम क्षेत्र छन्। वडा नम्बर ६ मा गल्छीडाँडा दुम्सीखर्कबाट पूर्व मजुवा, बाँसघारी र पकनीबाट पूर्व, गल्छीडाँडादेखि सोनलेखसम्म छ। त्यस्तै हेटौँडाका वडा ३ डुम्रे र घयासिङटार, वडा १९ को खोल्मा डाँडा, कुवापानी, कलिटार, वडा ११ को डाङडुङ्गे, राप्तीपुलबाट पूर्व, गोल्पिङटारबाट पश्चिमको जग्गा अधिग्रहण गरिने भएको छ।


प्रतिक्रिया दिनुहोस !