१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु



धनगढी । भारतीय जंगलमा बाघको आक्रमणबाट कञ्चनपुरको पुनर्वासकी एक महिलाको मृत्यु भएको छ। नेपाल–भारत सीमामा रहेको भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो । शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा घाँस काट्न गएकी सार्कीमाथि बाघले आक्रमण गरेको थियो। उनीसँगै गएका अन्य भाग्न सफल भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !