१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

११ वर्षीय छात्रामाथि बलात्कारको आरोप लागेका शिक्षक पक्राउ, घटना दबाउने प्रयास



जनकपुरधाम । ११ वर्षीया छात्रामाथि बलात्कारको आरोप लागेका धनुषाको सबैला नगरपालिका ३ स्थित सनराइज बोर्डिङ स्कूल शिक्षक जितेन्द्र यादव पक्राउ परेका छन् । घटनालगत्तै फरार भएका उनी हिजो पक्राउ परेका हुन् ।

मंगलबार स्कूल पढ्न गएकी कक्षा २ मा अध्ययनरत स्थानीय छात्रालाई शौचालयमा थुनेर बलात्कार गरेको आरोप यादवमाथि लागेको छ । घटनालगत्तै उनी फरार भएका थिए भने विद्यालयका प्रिन्सीपललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले आरोपी यादवमाथि जर्वजस्ती करणी मुद्दा चलाएको छ तर, प्रिन्सीपललाई कारवाही गर्न चाहेको छैन । यता, जितेन्द्रका बुवा सिटहु यादवले पीडितकी आमालाई लेनदेन गरी घटना मिलाउन दबाब दिन थालेका छन् । सिटहुले ‘छोरीको पनि इज्जत जान्छ’ भन्दै लेनदेन गरी मिल्न दबाब दिएको पीडित छात्राकी आमाले बताइन् ।

उनी थप्छिन्, ‘आज मेरो छोरीलाई यस्तो गर्यो, भोली अरुलाई गर्छन् । यो त राम्रो हुँदैन । त्यसैले म सरकारलाई भन्न चाहन्छु, त्यो अपराधीलाई अविलम्ब पक्राउ गरी कारबाही गरोस् ।’

घटनापछि शिक्षकलाई स्कूल सञ्चालक तथा प्रिन्सिपल हरि श्रेष्ठले भगाएको आरोप छ । त्यसपछि उनी स्वयम् पिडितको घर पुगेर बालिकालाई कुटपिट गरेका छन् ।
छात्राकी आमाले भनिन्, ‘घटनापछि छोरी रुँदै घर आएकी थिइन् । लगत्तै हरि सर आउनुभयो र थप्पड हान्दै आइन्दा स्कूल नपठाउनु भन्नुभयो ।’

‘छोरीलाई किन कुट्नुभयो रु’ भनेर सोध्दासमेत केही नबोलेर हिड्नुभयो’, उनले भनिन्, ‘त्यसपछि म चोकमा गएर विनोदलाई सबै कुरा सुनाउँदै थिएँ, प्रहरीले फोन गरेर बोलाउनुभयो । त्यहाँ पुग्दा ठूलो भीडभाड थियो । मलाई जनकपुर गएर छोरीको स्वास्थ्य परीक्षण गराउन भनेपछि गएर गराएँ ।’

पीडित छात्राको बुवा वैदेशिक रोजगारीको क्रममा खाडी मुलुकमा छन् । दुई दाजुभाई र आमासँग उनी घरमा बसेकी छन् । प्रिन्सिपलले कुट्दै दिएको धम्कीका कारण उनी दुई दिनदेखि स्कूल पढ्न गइनन् ।


प्रतिक्रिया दिनुहोस !