७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

बारा–२ मा जसपालाई सहयोग गर्ने देउवाको वचन



काठमाडौं । नेपाली कांग्रेसले १० वैशाख २०८० मा उपनिर्वाचन हुने बारा–२ मा जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ । शनिबार भएको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले बारा–२ मा जसपालाई सहयोग गर्ने वचन दिइसकेको ब्रिफिङ गरेका एक पदाधिकारीले बताए । बारा–२ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ प्रतिनिधिसभा सदस्य पद रिक्त छ । यसअघि ४ मंसिरमा भएको निर्वाचनमा पनि बारा–२ मा कांग्रेसले आफ्नो उम्मेदवार उठाएको थिएन । माओवादी केन्द्रका शिवचन्द्र कुशवाहलाई समर्थन गरेको थियो ।

उपनिर्वाचन हुने चितवन–२ र तनहुँ–१ मा भने कांग्रेसले सोमबार उम्मेदवार तय गर्ने एक पदाधिकारीले बताए । चितवन–२ मा यसअघि कांग्रेसका उमेश श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग पराजित भएका थिए भने तनहुँ–१ मा कांग्रेसबाटै रामचन्द्र पौडेल निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय