१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

लुम्बिनीमा डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ सांसदको हस्ताक्षर



बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ सांसदको हस्ताक्षर बुझाइएको छ । आइतबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आठ दल र एक स्वतन्त्र सांसदको हस्ताक्षर बुझाइएको हो ।

कांगेसका २७, नेकपा ९माओवादी केन्द्र०का ९सभामुख बाहेक० १०, जनमत पार्टीका चार, जसपा। लोसपा र नागरिक उन्मुक्तिका तीनरतीन, नेकपा ९एकीकृत समाजवादी०, जनमोर्चा र स्वतन्त्र सांसद एकरएकजनाको हस्ताक्षर बुझाइएको हो ।

यसअघि, लुम्बिनीका मुख्यमन्त्री लीला गिरीलाई समर्थन गरेका २५ प्रदेशसभा सदस्यले समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख शेरचनलाई बुझाएका थिए ।

सांसदहरूले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । गिरी नेकपा ९एमाले०, माओवादी केन्द्र, राप्रपा, जनमतलगायत पार्टीको समर्थनमा गएको पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री गिरीले माघ ५ गते विश्वासको मत लिएका थिए । त्यति बेला मुख्यमन्त्री गिरीलाई ५८ सांसदले विश्वासको मत दिएका थिए । ८७ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ४४ सांसदको समर्थन आवश्यक हुन्छ ।


प्रतिक्रिया दिनुहोस !