७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा ३ जना पक्राउ



काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा ३ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार पछिल्लो ३र४ वर्षमा उनीहरुले ८१ जनालाई विदेश पठाइसकेका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थीको कागज बनाएर विदेश पठाउँदा २५ देखि ३० लाख रुपैयाँसम्म लिएको पाइएको प्रहरी अधिकारीहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !