१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

मन्त्री र उम्मेदवार टुंगो लगाउन कांग्रेसले बोलायो बैठक



काठमाडौं । सरकारमा पठाउने मन्त्री र उपनिर्वाचनमा उठाउने उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको अनुसार बैठक मंगलबार (चैत १४ गते) बिहान ९ बजेका लागि बोलाइएको हो। कांग्रेसको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्य सहभागी हुने छन्।

बैठकले सरकारमा सहभागी हुने मन्त्री र उपनिर्वाचनका लागि उम्मेदवारबारे निर्णय गर्ने बताइएको छ। यसअघि शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास (धुम्बाराही) मा बसेको पदाधिकारी बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा जाने सैद्धान्तिक सहमति भएको छ।

उपसभापति खड्काको नेतृत्वमा कांग्रेस सरकारमा जाने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममै मन्त्रिपरिषद्‌लाई पूर्णता दिने बताएका छन्। मन्त्रालय भागबन्डा यसरी टुंग्याउँदैछन् प्रधानमन्त्री
चितवन–२, तनहुँ–१ र बारा–२ मा उपचनिर्वाचन हुँदै छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय