१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

बर्दिबासबाट हिँडेर काठमाडौं आएका मिटरव्याजपीडितलाई सीके राउतले भेटे



काठमाडौं । महोत्तरीबाट बन्दोबस्तीका सामानसहित १२ दिन हिँडेर आन्दोलनका लागि काठमाडौं आएका मिटरब्याजपीडित भेट्न जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पुगेका छन् । चन्द्रनिगाहपुर, हेटौंडा, भीमफेदी र चन्द्रागिरी हुँदै पीडितहरू आइतबार काठमाडौंको मातातीर्थ आइपुगेका थिए । पीडितलाई भेटेर अध्यक्ष राउतले पहिला सरकारी पहलपछि केही साम्य भएपनि आन्दोलन रोकिएपछि सरकारले काम गर्न छाडेको बताए ।उनले भने, ‘सम्झौता भइसकेपछि पटक पटक किन आन्दोलन गर्नुपर्ने अवस्था आयो । हाम्रो त्यहीमा पनि असन्तुष्टि छ । सरकारले इमान्दारिता नदेखाएको भए अहिले दुख पाउनुभएको छ । यो विषयमा हामीले संसदमा आवाज उठाएको छौं । प्रधानमन्त्रीसँग आन्तरिक बैठकमा कुरा उठाएका छौं ।’

उनले दिगो रूपमा चाँडै समस्याको समाधान गर्न पहल गर्ने बताए । अदालतमा मुद्दा विचाराधीन भएको कारणले प्राविधिक कारणले टुंग्याउन नमिलेको भएपनि सरकारले बेवस्ता गरेकोप्रति राउतले असन्तुष्टि जनाए ।अध्यक्ष यादवसँग पीडितहरूले आफ्नो माग सरकारले नसुनेको भन्दै सहयोग गर्न आग्रह गरेको थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय