२४ जेष्ठ २०८०, बुधबार
 |   Wed Jun 7 2023
Logo

स्वर्णिम वाग्लेलाई गगनको जवाफ-विदेशमा पढेर, विदेशको कुरो गर्दैमा मुलुकको विकास हुँदैन



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी छाडेर रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको उम्मेदवार बनेका स्वर्णिम वाग्लेको चर्को आलोचना गरेका छन् । तनहुँ १ मा पार्टीका उम्मेदवार गोविन्द भट्टराईको मनोनयन गराउन तनहुँ पुगेका उनले रास्वपाको तर्फबाट उम्मेदवार बनेका वाग्लेमाथि कटाक्ष गर्दै विदेशमा पढेको, विदेशमा बसेको र विदेशको कुरो गर्दैमा मुलुक नबन्ने धारणा राखेका हुन् ।

तनहुँमा आयोजित उम्मेदवार भट्टराईको सम्मान कार्यक्रममा बोल्दै थापाले भने, ‘पार्टी छाडेर हिँड्दैमा काँग्रेस परिवर्तन हुँदैन । पार्टीलाई लात हानेर गएर र बाहिरबाट काँग्रेस खराब भयो भन्दैमा सुध्रिँदैन । बदल्ने हो भने यहिँ बस्नुपर्छ ।’

पार्टीभित्र संघर्ष नगर्ने तर बाहिर गएर अन्यथा भन्नुको कुनै अर्थ नभएको उनको भनाइ छ । विदेशमा अध्ययन गरेर फर्केका वाग्लेको विद्तामाथि पनि उनले प्रश्न उठाएका छन् । उनले भने, ‘विदेशमा बसेँ, यो गरे, धेरै महँगो जागिर छाडेँ भन्नुको कुनै अर्थ छैन । विदेशमा जागिर खाने अनि छाडेर आउनेले यहाँ संघर्ष गरेकालाई के भन्ने ?’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय