
काठमाडौ । नेकपा (एमाले) ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमाले प्रदेश संसदीय दलका नेता यामलाल कडेँलले प्रदेश प्रमुखलाई पत्र लेख्दै आज ९चैत २७० गतेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन्।
कर्णालीमा माओवादी केन्द्रका नेता राजकुमार शर्मा मुख्यमन्त्री छन्। तत्कालीन एमाले माओवादी गठबन्धनबाट शर्माको नेतृत्वमा सरकारमा सामेल भएको एमाले सरकारबाट बाहिरिइसकेको छ।