१२ मंसिर २०८०, मंगलवार
 |   Tue Nov 28 2023
Logo

सरकारी विद्यालयको गुणस्तर सुधार्न सांसद आरजुका ५ सुझाव



काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणाले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने पाँच उपाय सुझाएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकारी विद्यालयको शैक्षिक गुणस्तर कमजोर रहेको उल्लेख गर्दै सरकारलाई बिभिन्न उपाय सुझाएकी हुन् ।

एक-विद्यालय व्यवस्थापन समितिमा सुधार ।

सरकारी विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय व्यवस्थापन समिति गठनमा सुधार गर्न आवश्यक रहेको सांसद आरजुको भनाइ छ । ‘विद्यालय व्यवस्थापन समितिको गठनमा धेरै राजनीति भएको देखिएको छ । व्यवस्थापन समितिको कार्यशैली परिवर्तन गर्न निर्देशिका अध्यावधिक गर्नुपर्छ’ उनको सुझाव छ ।

दुई– आधारभूत तहमा अंग्रेजी भाषा ।

अंग्रेजी भाषामा अध्यापन गराउँदा शैक्षिक गुणस्तर सुधार हुन सक्ने उनको सुझाव छ । कांग्रेस सांसद राणा भन्छिन्, ‘देशभरका आधारभूत विद्यालयमा अंग्रेजी भाषाबाट पढाइ हुने वातावरण तयार गर्न आवश्यक नीति नियम र स्रोत साधनको सुनिश्चितता गरिनुपर्छ।’

तीन – भर्नादर बढाऔं ।

विद्यार्थी भर्नादर बढाउन आवश्यक रहेको उनको भनाइ छ । यसका लागि समाजका सबै पक्षले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

चार( शिक्षामा तीन तहका सरकारको अधिकार स्पष्ट गरौं ।

शिक्षामा कुन तहको सरकारको के कति अधिकार र क्षेत्राधिकार हो भनी निक्र्योल गरिनुपर्ने पनि उनको सुझाव छ । ‘यस९शिक्षा०बारे संघ प्रदेश र स्थानीय तहको अधिकार स्पष्ट गरिनुपर्छ’ तर, यसको विस्तृत व्याख्या उनले गरेकी छैनन् ।

पाँच स् शिक्षक र विद्यालयको मुल्याङ्कन गरौं ।

विद्यार्थीले प्राप्त गर्ने नतिजाका आधारमा शिक्षक र विद्यालयको मुल्याङ्कन गर्नुपर्ने उनको प्रस्ताव छ । विद्यालयको पठनपाठनको सन्दर्भमा समेत निरन्तर अनुगमनरमुल्याङ्कन हुन आवश्यक रहेको सांसद राणाको राय छ ।

‘नजिताको आधारमा शिक्षक र विद्यालयलाई पुरस्कार र दण्डको व्यवस्था गर्नुपर्छ’ उनी अगाडि थप्छिन्, ‘एउटा स्कुल जसको शून्य नतिजा आयो त्यसको के हुन्छ त रु यसमा जनताले प्रश्न चिन्ह उठाइरहेका छन् ।’

धनगढीका १७ वटा विद्यालयमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरु बार्षिक परीक्षामा एक जना पनि पास हुन नसकेको उल्लेख गर्दै उनले जनताले प्रश्न उठाइरहेको भनी सरकार र सरोकारवालाको ध्यानाकर्षण गरेकी हुन् ।

धनगढीको १७ विद्यालयको कक्षा ८ को नतिजाले सरकारी विद्यालयको अवस्था झल्काएको उनको विश्लेषण छ ।

समग्रतामै सुधार आवश्यक

सरकारी विद्यालयको शैक्षिक सुधारका लागि विभिन्न उपाय सुझाउदै कांग्रेसकी सांसद राणाले समग्रतामै सुधार आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

संविधानमा शिक्षालाई नैसर्गिक अधिकारको रुपमा स्थापित गरिएको भए पनि व्यवहारमा लागू गर्न धेरै नीतिरनियमहरु बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले सरकारी विद्यालयको शिक्षा पुनरावलोकनका लागि सरकारलाई निर्देशन दिन सभामुख देवराज घिमिरेलाई समेत आग्रह गरेकी छन् ।

‘सम्पूर्ण सरकारी शिक्षा क्षेत्रको पुनरावलोकनका लागि समामुख मार्फत नेपाल सरकारलाई निर्देशन गरिदिनहुन हार्दिक अनुरोध गर्दछ’ उनले भनेकी छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय