
काठमाडौं । नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनल खेलमा युएईले नेपाललाई ११८ रनको लक्ष्य दिएको छ । स्पिनर ललित राजबंशीले युएईका जुनैद सिद्दिकलाई क्याच आउट गराए । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेपछि बाँकी खेल आज खेलाइएको हो । दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो । आज त्यहीँबाट पुनः खेल सुरु भएको हो ।
यूएईले खेल रोकिनुअघि २७.३ ओभर खेल्दै ९ विकेट गुमाएर १०६ रन बनाएको थियो । २८ औं ओभरमा नेपालका ललित राजवंशीले लगातार दुई विकेट लिँदा यूएई अलआउट नजिक पुगेको थियो । ललितले उक्त ओभरको दोस्रो बलमा आसिफ खान र तेस्रो बलमा जहुर खानलाई लगातार आउट गरेका थिए । नेपालले यो खेल जितेको खण्डमा नेपाल एसिया कपमा छनोट हुने छ ।