२४ जेष्ठ २०८०, बुधबार
 |   Wed Jun 7 2023
Logo

नेपाल एसिया कपमा प्रवेश, गुल्सनले गरे छक्का र चौकाको वर्षा



काठमाडौं । नेपाल एसिया कपका लागि छनोट भएको छ । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युएईलाई सात विकेटले हराउँदै एसिया कपमा प्रवेश गरेको हो । नेपालका अलराउण्डर गुल्सन झाले ६ छक्का र ३ चौकाको वर्षा गर्दै नट आउट ६७ रन बनाए, भने उनलाई भीम सार्कीले ४ चौकाको मदतमा ३६ रन बनाएर उत्कृष्ट साथ दिए । ११८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले खराब शुरुवात गरेको थियो । आशिफ शेख ८ रन, कुशल भुर्तेल १ र कप्तान रोहित कुमार पौडेलले १ रना बनाएर आउट भएपछि चरम दबाबमा रहेको नेपाललाई गुल्सन झा र भीम सार्कीले उत्कष्ट ब्याटिङ गरेर नेपाललाई एसिया कपको ढोका खुला गराए । अब नेपालले विश्व क्रिकेटका बादशाह भारत र पाकिस्तानजस्ता टिमसँग खेल्ने छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय