२४ जेष्ठ २०८०, बुधबार
 |   Wed Jun 7 2023
Logo

एमालेका सचिव रायमाझीका छोरा सन्दीपलाई विमानबाट काठमाडौं ल्याइँदै



काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज काठमाडौं ल्याइँदै छ। नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको आरोपमा बुधबार बुटवलबाट पक्राउ परेका सन्दीपलाई आज काठमाडौं ल्याउन लागिएको प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले बताए।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्याम अर्यालले रायमाझीलाई काठमाडौं पठाउनका लागि भैरहवा विमानस्थल लगिएको जानकारी दिए। उनका अनुसार सन्दीपलाई बुद्ध एयरको विमानमार्फत् काठमाडौं पठाइँदै छ। ‘बिहान ७ बजेको टिकट थियो, मौसमका कारण फ्लाइट डिले भयो। उहाँ एयरपोर्टमै हुनुहुन्छ,’ डिएसपी अर्यालले भने। बुटवलबाट पक्राउ परेका सन्दीपलाई हिजो राति जिल्ला प्रहरी कार्यालयमा राखिएको डिएसपी अर्यालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय