२४ जेष्ठ २०८०, बुधबार
 |   Wed Jun 7 2023
Logo

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ



काठमाडौं । दाङमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन्। १४ वर्षीया बालिकाले आफूमाथि बलात्कार भएको भन्दै गत वैशाख २ गते प्रहरीमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा ३७ वर्षिय बाबुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ।

पीडितकि आमा विदेशमा छन्। घरमा कोही नभएको बेला बाबुले आफूलाई पटक–पटक बलात्कार गरेको छोरीले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख गरेकी छिन्।
पछिल्लो पटक गत चैत्र ३० गते बाबुले बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

आफ्नो दाजु कामको शिलसिलामा घर बाहिर रहेको र सो दिन हजुरबुबा हजुरआमा पशुचौपाय चराउन गएको बेला बाबुले बलात्कार गरेको उनले बताएकी छिन्।
यो घटनापछि पीडित आफन्तकोमा बसेकी छिन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय